जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बिहीबार सङ्क्रमित कसैकाे मृत्यु भएन , २१३ सङ्क्रमित थपिए, २९६ निकाे भए

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ५८८ पुगेको छ।

त्यसैगरी २४ घण्टामा २९६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६५ हजार ३ सय ६५ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय ३ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ६० हजार ८ सय ६० परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय १३ रहेको छ ।

पछिल्लो चौबीस घण्टामा काेही पनि सङ्क्रमितको मृत्युको नभएकाे मन्त्रालयले उल्लेख गरेको छ । हिजाेसम्म नेपालमा कोभिडबाट मृत्यु हुने दुई हजार बीस जना पुगेका छन् । नेपालमा केही महिना यता बिहीबार पहिलाे पटक काेही पनि सङ्क्रमित मृत्यु नभएकाे जनाइएकाे छ।