आइतवार, मंसिर २९, २०७६

बिभिन्न सामाजिक संघ-संस्थाहरुको अगुवाईमा भरतपुर अस्पताल परीसर सरसफाई ।

भरतपुर,  १८  साउन

भरतपुर  स्थित  बिभिन्न  सामाजिक  संघ  संस्थाहरुको  अगुवाईमा  भरतपुर  अस्पताल  परीसर  सरसफाई  गरीएको      सरकारी  अस्पतालमा  बिरामीहरुको  धेरै  भिडभाड  भई  फोहोर  पनि  हुने  गरेकोले  सरसफाई  गरीएको  हो  अस्पताल  परीसर  सरसफाईमा  भरतपुर  महानगरपालीकाकोउपप्रमुख  पार्वती  शाहको  उपस्थितिमा  सयौं  स्थानीयहरुको  साथ  थियो    महॉकालेश्वर  आमा  समुह  भरतपुर१०  बाट  ठुलो  संख्यामा  सदस्यहरुको  सहभागीता  थियो 

नेपालकै  केन्द्र  भागमा  रहेको  सरकारी  अस्पतालमा  देशका  बिभिन्न  ठॉउबाट  धेरै  बिरामीहरु  आउने    बिरामीहरुसंगै  कुरुवाहरु  पनि  हुने  अनी  आफन्तहरु  सोहि  अनुसार  भेट्न  आउनेहरुले  गरेको  फोहोर  व्यवस्थापनमा  चुनौति  भएकोले  अस्पताल  परीसरमा  बेला  बेला  सरसफाई  गर्नु  परेको  सरसफाईमा  सरीक  बिमल  सापकोटा  बताउछन् 

सापकोटाका  अनुसार  अस्पताल  प्रशाशनले  ठॉउ  ठॉउमा  डष्टबिनहरुको  व्यवस्था  गरीदिएको  भए  पनि  जथाभावी  फोहोर  गरेको  पाईयो    त्यस्तै  सरसफाईमा  सरीक  शालीग्राम  आचार्यका  अनुसार  सरसफाईकै  क्रममा  एम्बुलेन्स    गाडि  पार्किग  स्थल  वरीपरी  पानीका  वोतल    सुर्तीजन्य  वस्तुका  खोलहरु  प्रसस्त  मात्रमा  भेटिएको  थियो ।

भरतपुर  महानगरपालीकाले  सुर्तीजन्य  वस्तुहरुलाई  बेचबिखन    सेवनमा  कडाई  गर्ने  भनीएता  पनी  अस्पताल  वरीपरी  यस  प्रकारका  वस्तुहरु  प्रसस्त  भेटिन्छन् ।