जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बाघको आक्रमणमा परी दुई जनाको मृत्यु

बर्दिया ।

बर्दियामा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ। भारतको कर्तनियाघाट बनविहार तथा बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने जैविकमार्ग मधुवन नगरपालिका-३ धनौरामा अवस्थित बेलझुण्डी सामुदायिक वनमा बाघले आक्रमण गर्दा दुईजना स्थानीय युवाको मृत्यु भएको छ।

बाघले आक्रमण गर्दा मधुवन नगरपालिका-३ का २९ वर्षीय उमेश चौधरी र २६ वर्षीय दिनेश चौधरीको मृत्यु भएको डिभिजनल वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र बाग्लेले बताए।

बिहानैदेखि हराएका उमेशलाई  खोज्न गएका बेला दिनेशलाई बाघले आक्रमण गरेको थियो। साथमा गएका साथीहरु उनलाई बाघले आक्रमण गरेपछि गाउँमा गएर गाँलेहरू र  सुरक्षाकर्मी सहितको टोली लिएर वनमा पुगेका थिए।