जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बस दुर्घटना हुँदा १६ जना यात्रु घाईते

पोखरा ।                                                                             दाङमा ना ४ ख ७८४८ नं.को बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको हुँदा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा ‘रिफर’ गरिएको छ भने अन्य १२ जना घाइतेहरूको भने  उपचार भइरहेको छ।

उक्त बस बैबाङदेखि तुलसीपुरतर्फ आउँदै गरेको अवस्थामा दंगिशरण गाउँपालिका वडा नं. ५ को पोटली चोकनजिकै बिहान साढे १०  बजे बस अनियन्त्रित भई दुर्घटना परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए।     बस दुर्घटनालगत्तै चालक फरार रहेको हुँदा उनको खोजी भइरहेको प्रहरीले बताएको छ।