बिहिबार, जेष्ठ १५, २०७७
काेराेना भाइरस - COVID - 19

३५६१३१

५७१६५७०

२३६७२९२
मृत्यु
संक्रमित
१०४२
निको भएका
१८७





Last Update : १५ जेष्ठ २०७७, बिहीबार

बस दुर्घटनामा १७ को मृत्यु ।

एजेन्सी।

संयुक्त अरब इमरेट्सको दुबईमा शुक्रबार भएको एक यात्रुवाहक बस दुर्घटनामा कम्तीमा १७ को मृत्यु भएको छ । दुर्घटनामा केही घाइते छन् । मृतकहरू विभिन्न देशका नागरिक छन् ।

भारतीय अधिकारीले आफ्नो देशका ८ जनाको ज्यान गएको पुष्टि गरेका छन् । दुबईस्थित भारतीय दूतावासले आफ्नो देशका मृतकको नाम सार्वजनिक गरेको छ । उसले मृतकका परिवारसँग सम्पर्क गरेको जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका अरू भारतीय नागरिकको उपचार हुँदै छ । अरू मृतकबारे थप जानकारी प्राप्त भएको छैन । अधिकारीका अनुसार ओमानमा दर्ता भएको बसमा ३१ यात्रु सवार थिए । प्रहरीका अनुसार शेख मोहम्मद बिन जाएद रोडमा राखिएको संकेत चिहृनमा बस ठोकिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते करिब ५० वर्ष‍ीय बस चालकको उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको दुबई प्रहरीले जनाएको छ । प्रहरीले सामाजिक सञ्जाल ट्वीटरमा दुर्घटनाबारे दुःख व्यक्त गरेको छ । दुबई प्रहरी प्रमुख मेजर जनरल अब्दुल्लाह खालिफा अल-मार्रीले सवारीसाधन चलाउँदा सानो गल्ती वा लापरबाहीले नराम्रो परिणाम निम्तने बताए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सडकमा राखिएको उचाइबारे जानकारी दिने संकेत चिहृन छल्न खोज्दा बसको अर्कोतर्फ हुत्तिएको थियो । त्यस क्रममा बसको छत ध्वस्त भएको जनाइएको छ ।