जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बलात्कार को आरोपमा पक्राउ परे भाइरल युवक अर्जुन विक

जन्मभुमि खबर । काठमाडौंको अनामनगरमा बच्चा बोकेर रिक्सा चलाइ रहेको तस्वीर सामजिक सञ्जालमार्फत सार्वजनिक भएपिछ भाइरल भएका कैलालीका अर्जुन विक बलात्कार आरोपमा पक्राउ परेका छन् ।

घोडाघोडी नगरपालिका-२ सानेपानी घर भएका अर्जुनलाई अपहरण तथा शरीर बन्धक गरी बालिका बलात्कार गरेको जाहेरीको आधारमा पक्राउ गरिएको कैलालीका एसपी अनुप जबराले बताए ।

प्रहरीका अनुसार विकले गत ३० साउनमा काठमाडौंको देवीनगरस्थित डेरामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ ।

उनले भने ती बालिकालाई आफ्नो श्रीमती बताउने गरेका छन् । तर कानुनत १८ वर्ष भन्दा मुनि सहमितमै शारीरिक सम्पर्क गरेमा पनि जबरजस्ती करणी मानिने भएकोले उनी पक्राउ परेका हुन् । बच्चा जन्माएपछि आफ्नो श्रीमती अरुसँगै पोइला गएको भन्दै उनले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता समेत दिएका थिए ।

काठमाडौंको तीन कुनेबाट पक्राउ परेका उनलाई कैलाली जिल्ला अदालतमा उपस्थित गराई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।