जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बरेङमा माननिय कृष्ण थापाको गाडी तोडफोड

दिपेन्द्र परियार १८ पौस  । गण्डकी प्रदेश सभासद सदस्य तथा गण्डकी प्रदेस मामिला सभापति माननिय कृष्ण थापाको गाडी तोडफोड भएको छ ।

बरेङ गाँउपालिका वडा न ३ बाटाकाचौरको साग्दीमा गएराति अज्ञात समुहले सरकारी नम्बर पेलट ग१झ ५७१ नम्बरको स्कारपीयो गाडिको पछाडीको सिसा फुटाई दिएको ईलाका प्रहरी कार्यलय बरेङ का प्रहरी नायब निरिक्षक लक्षमण देबकोटाले बताउनु भयो ।

घटनाको बिषयमा आबस्यक अनुसन्धान भैरहेको देवकोटाले बताउनु भयो ।
राष्ट्रिय जनमोर्चाले संचालन गरेको बिशेष संगठनात्मक अभियानमा सहभागी हुन बरेङ आउनु भएको हो ।

पार्किङ गरेर राखेको सरकारी गाडीमा ताडफोड गर्ने घिनलाग्दो कार्य भएको भन्दै बरेङ गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले दोसी माथी कडा भन्दा कडा कार्बाही गर्नुपर्ने बताउनु भयो ।