जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ।

निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य बढाएको हो। सबैमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको निगमले जनाएको छ।
सो मूल्य वृद्धिसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ।