जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेवातालमा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला

जन्मभुमि खबर । पोखरा – पोखराको फेवातालमा एक पुरुषको शव फेला परेको छ ।

सोमबार दिउँसो १ बजेको समयमा पोखरा महानगरपालिका वडा नं -६ लेकसाइडस्थित बाराहीघाटमा तैरिरहेको अन्दाजी ३० /३५ वर्षका पुरुषको शव फेला परेको हो ।

प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार पानीमा तैरिरहेको अवस्थामा भेटिएका उक्त पुरुषको हालसम्म नाम, थर वतन खुल्न सकेको छैन । यद्यपी, शव फेला परेको भन्ने सूचना लगत्तै घटनास्थलमा खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको जनाएको छ ।