जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेदिखोला गाँउपालिमा वडा नम्बर १ मा एक घर एक टनेल प्लास्टिक

पोखरा, १७ जेष्ठ ।

फेदिखोला गाँउपालिकाले किसानका लागि एक घर एक टनेल प्लास्टिक  कार्यक्रम संचालनमा ल्याएको छ ।

गाँउपालिकाले टनेल निर्माणका लागि १० लाख रकम विनियोजित गरेको गाँउपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभएको छ ।
गाँउपालिकाले कृषि क्षेत्रमा नमुना काम गदै आएको छ । एक घर एक मौरी पाल्न,
हरेक किसानले न्युनतमा १०० के जि अदुवाल लागाउनु पर्ने ,बाझो खेत बारिमा कृषि काम गरे अनुदान पाउने जस्ता किसानका हितमा काम गदै किसानको मन जित्दै आएको छ ।


यस्तै हाल फेदिखोला गाँउपालिकाले किसानका लागि एक घर एक टनेल कार्यक्रमा संचालनमा ल्याएको हो । यस कार्यक्रम अन्तर्गत वडा नम्बर १ मा १०० वटा टनेल प्लास्टिक  वितरण गरिने वडा नम्बर १ का वडा अध्यक्ष खिम बहादुर थापाले बताउनु भयो । थापा का अनुसार कार्यक्रम्मा सहभागी हुने किसानले ६ मिटर चौडाई र १० मिटर लम्बाई को टनेल बनाउनु पर्ने र वडाले अनुगमन गरेपछि ७५ % पलास्टिक प्रदान गरिने छ ।