जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेदिखोला गाँउपालिका वडा नम्बर १मा राहत वितरण

पोखरा ,१२ बैशाख ।


स्याङ्गजा जिल्लाको फेदिखोला गाँउपालिका वडा नम्बर १ ले विपन्न परिवारलाई राहत वितरण गरेको छ । विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस र यसले नेपालमा पनि जोखिम रहे पछि नेपाल सरकारले लकडाउन गरेको थियो । लकडाउनमा दैनिक काम गरेर जिवन विताउनु पर्नेले यो समयमा काम गर्न नपाए पछि परिवार चलाउन समस्या परेका लाई सरकारले राहत वितारण गर्ने निर्णय भए अनुसार आज फेदिखोला गाँउपालिका वडा नम्बर १ ले आज राहत वितरण गरेको हो ।
फेदिखोला गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष खिम बहादुर क्षेत्रि तथा वडा सदस्यहरु तुलसि सुवेदी , खरि कुमारी गुरुङ्ग ,शान्ति सुनारको उपस्थितिमा राहत वितरण गरिएको हो ।
‘क’ वर्ग
चामल — १ बोरा
रातो दाल — ३ के.जि
नुन — २ पोका
तेल — २ लिटर
साबुन — ४ वटा
चिनि — २ के .जि
आटा — ५ के.जि
मसला — २०० गा्रम

‘ख’ वर्ग
चामल — १ बोरा
रातो दाल — २ के.जि
नुन — १ पोका
तेल — १ लिटर
साबुन — ४ वटा
चिनि — १ के .जि
मसला — २०० गा्रम

राहत ‘क’ र ‘ख’ वर्ग गरि दुई वर्ग मा भाग लगाई वितरण गरिएको हो । २ वा सो भन्दा कम परिवार भएकालाई ‘ख’ वर्ग र २ भन्दा बढी परिवार हुनेलाई ‘क’ वर्गको राहत प्याकेज वितरण गरिएको वडा अध्यक्ष खिम बहादुर क्षेत्रिले बताउनु भयो । सो राहत वितरण कार्यक्रम्मा ३० वटा ‘क’ वर्ग र २ वटा ‘ख’ वर्गका ३४परिवारलाई राहत प्याकेज वितरण गरिएको थियो ।