जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फुस्रेखाेला रान्नी, ठकुरीगाँउ, धुवारकाेट सडककाे काम काे प्रविधिक मुल्यांकन सहित सम्पूर्ण प्रगति विवरण सार्वजनिक गर्न माग।

पोखरा ।                                                        पोखरा २१ अन्तर्गत निर्माण भएको सडकको सम्पूर्ण जानकारी सार्वजनिक गर्न उपभोक्तले माग गरेका छन् । गण्डकी प्रदेश पुर्वाधार विकास मन्त्रालयबाट आर्थिक वर्ष २०७६.०७७ मा विनियोजित भएको फुस्रेखोला ,राइकरे,रान्नी ,धुवारकोट सडको निमार्णको सम्पूर्ण विवरण लाभग्राही उपभोक्ता माझ सार्वजनिक गर्न सडक उपभोक्तहरुले माग गरेका छन्।
वडा कार्यलय २१ लाई बुझाएको पत्रमा सो सडक निर्माण गर्दा कति रकम लागेको थियो ,योजनामा के के काम गर्ने भनिएको थियो , कुन कुन स्थानमा खनिएको कामकाे प्रगति प्रतिवेदन साथै प्राविधिक मुल्यांकनकाे सम्पुर्णको जानकारी सार्वजनिक गर्न माग गरेका छन् ।
सो सडको बारेमा वडामा पत्र आएको र  सडक निर्माण गर्दा भएका लागत स्टमेट देखि सम्पूर्ण जानकारी गराउन सम्बन्धि सडक निर्माण सहयोग समितिलाई वडा  कार्यलयले  पत्रचार गरेको वडा अध्यक्ष खगराज आचर्याले जानकारी दिएका छन्। सथै सो सडक निर्माण गर्दाको समय देखि हाल सम्म के कसरी काम गरियो समितिका सदस्यहरु समेत  बेेेखवर रहेको एक सदस्यले बताएका छन्।