जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रस्र्याङको सुनचाँदी पसलमा प्रहरीको छापा, पसल संञ्चालक पक्राऊ

कमल पौडेल अथक
पोखरा २३, जेठ

पोखरा ५ प्रस्र्याङ स्थित गणेशलक्ष्मी सुनचाँदी पसलका संञ्चालक पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय वैदामवाट विहीवार दिउसो चार वजे खटिएको प्रहरीले पसल सञ्चालकलाई पक्राउ गरेको हो ।

चोरीको सुन खरिद प्रकरणको आरोपमा उनलाई पक्राउ गरिएको हुनसक्ने आँकलन गरिएको छ । तर प्रहरीले भने पक्राउ पर्नुको कारण वताएको छैन ।
कोरोनाको विश्वव्यापी महामारीका बेला पसलमा दिउसै प्रहरीले छापा हानेपछि सयौंको संख्यामा त्यहाँ मानिसको भिडभाड थियो । केही प्रहरीले मुखमा माक्स लगाएपनि अधिकांशले लगाएका थिएनन् । पक्राउ गर्नुको कारण वारे सोधपूछ गर्दा अनुसन्धान गर्न मात्रै भनेर प्रहरी तर्किएको थियो ।
पसलमा प्रहरीले छापा हानेको फोटो खिच्न पुगेका पत्रकारलाई समेत प्रहरीले फोटो नखिच्न भन्दै खिचेको फोटो समेत डिलेट गर्न दवाव दिएको थियो । परिचय पत्र देखाउँदा समेत प्रहरीले फोटो डिलेट गराउन दवाव दिएको हो । सामुदायिक प्रहरी सेवामा कार्यरत प्रहरी नायव निरिक्षक सुजन भण्डारी पसलमा छापा मार्नुको कारण वताउन भन्दा पत्रकारले खिचेको फोटो डिलेट गराउने ध्याउन्नमा बढी केन्द्रीत भएका थिए । प्रहरीले सार्वजनिक चोकमा मेला जस्तै गरेर पसलको छापा मारेको फोटो खिचेर यथार्थ जानकारी गराउनु पत्रकारको धर्म भन्ने उनले बुझेनन् । पसलको छापा मार्नु मात्र उनले धर्म संम्झिएको उपस्थित नागरिकले गुनासो गरे ।
सामुदायिक प्रहरी सेवाको जिम्मेवारी पाएका प्रहरी नायव निरिक्षक भण्डारी पत्रकारले खिचेको फोटोमा मात्र केन्द्रीत वनेर फोटो नै डिलेट गराउन उद्दत भएको देख्दा उपस्थित नागरिकहरुले आश्चर्य प्रकट गरेका थिए । उनले म पढेको पुलिस हुँ भन्दै नेपालीमा अंग्रेजी मिसाएर कुरा गर्न थालेपछि सामुदायिक प्रहरीको जिम्मेवारी पाएका प्रहरीको कार्यशैली देखेर उपस्थित नागरिकहरुले जिव्रो काढेका थिए । पछिल्लो समयमा प्रतिपक्षको भूमिका निर्वाह गरेका पत्रकार माथि नै उनले धावा बोलेका थिए ।
पत्रकारले खिचेको फोटोमा नै उनी यतिविधि केन्द्रीत हुनुको रहस्य भने खुल्न सकेको छैन । प्रहरीको पछिल्लो नारा मुस्कान सहितको प्रहरी भन्ने छ । त्यसमा पनि सामुदायिक सेवामा काम गर्ने प्रहरीको सेवा अझै दोव्वर मुस्कान सहितको हुनु पर्ने हो तर प्रहरी नायव निरिक्षक भण्डारीे सार्वजनिक स्थलमा नै नागरिकको वाक स्वतन्त्रता र सामुदायिक प्रहरीको दायित्व वहन गर्न चुकेका छन् । कतिपय अवस्थामा पीडक सँग मोटो रकम असुलेर मेलमिलाममा केन्द्रीत हुने प्रहरीलाई पत्रकार तथा संञ्चारकर्मीहरु शत्रु नै लाग्नु स्वभाविक भएको घटनास्थलमा उपस्थित नागरिकहरुले वताएका छन् ।