Home / आर्थिक / प्रतिव्यक्ति ऋण ३२ हजार ९७८ रुपैयाँ

प्रतिव्यक्ति ऋण ३२ हजार ९७८ रुपैयाँ

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ। महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आव ०७५÷७६ को पहिलो ८ महिनासम्म देशको कुल ऋण दायित्व नौ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुगेको उल्लेख छ।

आन्तरिक ऋण तीन खर्ब ८५ अर्ब ६८ करोड रुपैयाँ छ। यस्तै, वैदेशिक ऋण पाँच खर्ब ६१ अर्ब ७४ करोड रुपैयाँ छ। यो ऋण आवको कुल गार्हस्थ उत्पादनको ३१.६८ प्रतिशत हो। त्यसमा आन्तरिक ऋण १३ प्रतिशत र वैदेशिक ऋण १८.६७ प्रतिशत छ।

कुल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधारमान्दा यस अवधिसम्म प्रतिव्यक्ति ऋण दायित्व ३२ हजार ९ सय ७८ रुपैयाँ छ।

गत आवको प्रतिव्यक्ति ऋण दायित्व ३१ हजार सात सय ७५ रुपैयाँ छ। महालेखा नियन्त्रक कार्यालयले गत वैशाखसम्म यस्तो ऋण २९ हजार रुपैयाँ पुगेको जनाएको थियो।

 

About janmabhumi