जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा ३० मा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द

जन्मभुमि खबर ,पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३० मा कोरोना भाइरसका संक्रमितहरु बढेको आशंकामा आज मध्यान्न १२ बजेबाट मंसिर १२ गते सम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द भएको छ । वडा कार्यालयले आज एक सुचना जारी गर्दै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो । वडा कार्यालयद्वारा जारी गरिएको सुचनाका अनुसार वडाभित्रका बासिन्दाहरुलाई कोरोना भाइरस संक्रमण भएको भन्ने सुचनाका आधारमा वडाबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो । स्वास्थ्य सेवा जस्ता सेवा भने बन्द नहुने सुचनामा जनाइएको छ ।