जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा २२ घेैयाखेतमा क्रियापुत्री भवन निर्माण

पोखरा ।                            पोखरा महानगरपालिका वडा नम्बर २२ घेैयखेतको झाँक्रिस्थान मा २ कोठे क्रियापुत्री भवन निर्माण गरिएको छ । सो भवनको आज एक कार्यक्रमका साथ पं. पुण्य प्रसाद बराल बाट समुद्घाटन गरिएको हो । क्रियापुत्तत्रिहरुलाई सहज अवस्थामा रहेर क्रियाको काम सम्पन्न गर्न साथै अन्य स्थान बाट आएर बसेका व्यक्तिहरुलाई पनि सहज हुने लक्ष्य राखेर भवन बनाएको मा आफुलाई खुशि लागेको पं. पुण्य प्रसाद बरालले बताउनु भयो ।
भवन पोखरा महानगरपालिका वडा नम्बर २२ घैयाखेत र बडा १७ छोरेपाटनका जनसमुदायको लागानिमा भवन निर्माण गरिएको हो । सो क्रियापुत्री भवन निर्माणमा ९ लाख खर्च लागेको सदस्य गणेश क्षेत्रिले जानकारी दिएका थिए । कार्यक्रम सामाजिका दुरि कायम गरेर संचालन गरिएको थियो भने कार्यक्रम सचिव पुण्य प्रसाद पौडेबाट संचालन गरिएको थियो।