जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा २१ मा र्‍यापिड डायोग्नोसिस टेस्ट सम्पन्न

पोखरा ,४बैशाख।

 

विश्व भरि फेैलिएको कोरोना भाईरस कोभिड १९ ले विश्व लाई नै आक्रन्त बनाएको छ। यसेै समयमा पोखरा महानगरपालिका वडा नं-२१ ले हालसालै विभिन्न देशबाट आउनु भएका व्यक्तिहरूको Covid-19 Test RDT (र्‍यापिड      डायोग्नोसिस  टेस्ट) गरेको छ।

हिजो र आज निर्मलपोखरी हेल्थ पोष्ट र कृस्ती प्राथमिक स्वास्थ्य केन्द्रमा सो परिक्षण सम्पन्न गरिएको  कृस्ती प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख प्रताप पौडेेेलले जानकारि गराए।

 उक्त  परिक्षण मा १७ जना सहभागी भएका थिए ।सो परिक्षणमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ।