जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा २१ मा दोस्रो चरणको राहत वितरण

पोखरा १८, बैशाख ।

पोखरा २१ मा आज दोस्रो चरणको राहत वितरण गरिएको छ ।विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरसले गर्दा विपन्न परिवार र मजदुरी गरेर परिवार चलाएकाले यस समयमा काम गर्ने नपाए पछि सरकारले राहत दिने निर्णय गरेको थियो । यस राहत कार्यक्रममा सरकार र विविन्न व्यक्ति र संघ संस्थाहरुले सहयोग गदै आएका छन् । साविक पर्बत जिल्ला ठानामैना गाबिस १ हाल नयाँ बजार बस्ने प्रतिमा गुरुङ्गको समुहले सामाजिक दुरि कायम गदै राहत वितरण गरेका हुन । पहिलो चरणमा वडाले २३२ परिवारलाई राहत वितरण गरेको थियो ।


वडामा रहेका ३७ टोल विकास संस्थाको सिफारिसमा संकलित २७८ परिवार मध्य चिलाउने खर्क टोल विकास सस्ंथा ,ठुलि सुवार टोल विकास सस्ंथा ,पिपल डालि टोल विकास सस्ंथा, अभियान टोल विकास सस्ंथा ,दुवार टोल विकास सस्ंथा,रगैचौर टोल विकास सस्ंथा र निर्माल पोखरी टोल विकास सस्ंथा गरि ७ वटा टोलका ६२ परिवारलाई दोस्रो चरणमा राहत वितरण गरिएको हो ।


यसका लागि प्रतिमा गुरुङ्ग र उनको युके टिम पुजन तिमिल्सिना, बिमला गुरुङ्ग ,सावित्रा गुरुङ्गबाट राहत वितरण गरिएको हो । वडाको सर्वदलिय र वडा समितिको सयुक्त निर्णयले यस वडामा राहत वितरण गर्दा वडासंग सहकार्य गरि काम गर्ने भने निर्णय अनुसार नै वडा प्रतिनिधिहरुको उपस्थितिमा निजहरुले छनोट गरेको समुहलाई राहत वितरण गरेको वडा अध्यक्ष खगराज आचार्यले जानकारी गराउनु भयो ।

राहतमा वितरणमा हरेक परिवारले परिवार संख्यको आधारमा १५ र २५ के जि चामल प्राप्त गरेका थिए । यसको समन्वय निर्मालपोखरी भण्डारी गाँउका राजेन्द्र भण्डारीले गरेका थिए ।