शनिबार, साउन २४, २०७७
काेराेना भाइरस - COVID - 19

७१६६६९

१९१८९७३७

११६१०१५२
मृत्यु
७०
संक्रमित
२२२१४
निको भएका
१५८१४





Last Update : २४ श्रावण २०७७, शनिबार

पोखरा २१मा दुई दिने टोल टोल तथा क्लब स्तरिय भलिबल प्रतियोगिता हुदैं।

रमेश पोख्रेल

वैशाख ६ पोखरा

पोखरा २१ खेलकुद समितीको आयोजनामा दुई दिने टोल टोल तथा क्लब स्तरिय भलिबल प्रतियोगिता निर्मलपोखरीको जनचेतन माध्यमिक विद्यलयको खेल मैदानमा सुरू भएको छ।  वडामा रहेका युवाहरूको खेलकुदबाट क्षेमता विकास साथै खेलबाटै वडाको विकास गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको खेलकुद विकास समितिका सचिव विजय पौडेलले बताए।

आज र भोली चलने खेलमा २१ नम्बर  वडा का १५ टिमको सहभागिता रहेको छ।आज पहिलो दिन भलिबल खेल हुने र भोली वडाबाट राष्ट्रिय तथा क्षेत्रीय स्थानमा पुग्न सफल खेलाडी , रेफि तथा प्रशिक्षकहरूलाई सम्मान गरिने भएको छ।खेलमा प्रथम हुनेले नगद पच्चिस हजार मेडल , प्रमाण पत्र र सिलड सथै दोस्रो हुनेलाई नगद पन्ध्र  हजार मेडल ,प्रमाण पत्र र सिलड पाउने छन्।

कार्यक्रम पोखरा २१ खेलकुद समितिका अध्यक्ष नारायण बहादुर भण्डारी को अध्यक्षता ,कार्यक्रमका प्रमुख अतिथिको रुपमा माननीय सभासद श्री कृष्ण थापा रहनु भयो भने स्वागत समितिका सदस्य भक्त बहादुर गुरूड़ र कार्यक्रम संचालन सचिव विजय पौडेलले गरेका हुन्।