जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा -१४ मनकामना टोलमा टिक-टक बनाउने क्रममा लडेर बालिकाको मृत्यु

जन्मभुमि खबर,पोखरा । पोखरामा टिक-टक बनाउने क्रममा अचानक लड्न जाँदा एक बालिकाको ज्यान गएको छ ।

गत आइतवार माघ ११ गते पोखरा महानगरपालिका १४ मनकामनाटोल बस्ने बर्ष ८ कि प्रनिषा बाँनियाले घरको छतमा बसी टिक-टक बनाउने क्रममा अचानक लड्न जाँदा गम्भीर घाईते भई उपचारको लागि पार्कल्याण्ड अस्पतालमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन ।

सो सम्बन्धमा आबश्यक अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।