जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा हेम्जामा स्कुटर दुर्घटना हुँदा एक पुरुष गम्भीर घाइते

जन्मभुमि खबर, पोखरा पोखरामा बिहीबार स्कुटर दुर्घटना हुँदा एक पुरुष गम्भीर घाइते भएका छन् ।

पोखरा-बागलुङ (भूपी शेरचन) राजमार्ग अन्तरगत पोखरा-२५ हेमजा स्थित सापकोटा चोकमा ग ५ प ३०७६ नं को स्कुटर दुर्घटना हुँदा स्कुटरको पछाडी सवार धादिङ घर भई पोखरा-२५  मिलनचोक बस्दै आएका ५३ वर्षीय कृष्णबहादुर बाँनिया गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका बाँनियाको पोखरा सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।
स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।