जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा मा ५९ सहित गण्डकी प्रदेशमा ७२ जनामा कोरोना

पोखरा ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७११९पुगेको छ | शुक्रबार बिहानै अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ७२ जना संक्रमितहरु थप भएका हुन् । सबै संक्रमितहरु कन्ट्याक्ट ट्रेसिड.बाट पहिचान भएका हुन् | सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशद्वारा प्रकाशित बिज्ञप्तिमा जनाइएको छ ।
बाग्लुङ जिल्ला, गल्कोट नगरपालिका – ३ का ७२ बर्षीय कोरोना संक्रमित पुरुषको मिति बिहिबार साॅंझ ५:०५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा दुखद निधन भएको छ | कार्तिक ०८ गते कोरोनाको संक्रमण पुष्टि भएको उहाॅंमा निमोनिया र उच्च रक्तचाप लगायतका समस्या रहेको जानकारी पश्चिमान्चल क्षेत्रीय अस्पताल प्रशासनले जनाएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ |