जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिका २१ मा रहात वितरण

पोखरा महानगरपालिका २१ मा विपन्न परिवारलाई रहात वितरण गरिएको छ । लकडाउनका कारण प्रभावित २३२ परिवारलाई वडाले बुधाबार रहात वितरण गरेको हो ।


पोखरा महानगरपालिका बाट प्राप्त रहत प्याकेज पोखरा २१ रामदी एकहाते स्थित राम मन्दिर मट्टिखान स्थित मट्टिखान रिर्सोट मा वडा सदस्य राम बहादुर गुरुङ्ग (कमल) ,रामदी एकहाते टोल विकास सस्ंथाका हिमलाल पौडेल , एकहाते युवा क्लब का सदस्यहरु र राजनितिक दलहरुको रोहवरमा रहात वितरण भएको थियो । मट्टिखान रिर्सोट मा वडा सदस्य राम बहादुर गुरुङ्ग (कमल) , रामदी एकहाते टोल विकास सस्ंथाका हिमलाल पौडेल ,खेमराज पोख्रेल (राजु) विजय पौडेल र खिम बहादुर गुरुङ्ग को रोहवरमा रहत वितरण भयो ।फुस्रेखोल को युवा वर्षा आधारभुत विद्यलयमा पुर्ण दिप सिग्देल हराबोर्ट ,वडा कार्यलय,जनचेतन माध्यमिक विद्यलय र शिवलयमा अम्बिका थापा , नन्दलाल अधिकारी, वडा सचिव प्रमोद गुरुङ्ग लिला कार्की साथै राजनितिक दलका प्रतिनिधिहरुको रोहवरमा रहत वितरण भएको हो ।
वडा अध्यक्ष खगराज आचार्यले निलो र रातो गरि दुई प्रकारका कुपनबाट रहात वितरण गरिएको बताए । ३ जाना भन्दा तलका परिवार भएका लाई निलो र ३ भन्दा माथि परिवार संख्या भएकालाई रातो कुपन बाट रहात वितरण गरिएकोृ हो ।