जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिका २१ मा भएका गाँजाका बोटहरु नष्ट

पोखरा ।पोखरा महानगरपालिका  २१ मा भएका गाँजाका बोटहरु नष्ट गरिएको छ। पोखरा महानगरपालिका वडा नं.२१ को शिवालय र दोपरे स्थित बिभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रिएका गाँजाका करिब ९५० बोटहरू  नष्ट गरिएको  हो।  प्रहरी चौकी छोरेपाटनबाट प्र.ना.नि. ज्ञानेन्द्र क्षेत्रीको कमाण्डमा प्रहरी टोली साथै  पोखरा २१ का वडा अध्ययक्ष खगराज आचार्य साथ स्थानिय जनप्रतिनिधी, आमा समुह, युवा क्लवको सहयोगमा गाँजाका हरियो बोटहरु फडानी गरी जलाई नष्ट गरिएको वडा कार्यलयले जनाएको छ