जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिका कृषि महाशाखा द्धारा तरकारी विउ तथा कृषि सामाग्री वितरण

पोखरा ।
पोखरा महानगरपालिका कृषि महाशाखाले किसानका लागि तरकारीका विउ तथा कृषि सामाग्री वितरण गरेको छ । फलफुल तथा तरकारी मूल्य सृंखला विकास आयोजना अन्र्तगत पोखरा महानगरपालिका कृषि महाशाखाले पोखरामा रहेका ३० बटा कृषक समुह र कृषि सहकारीलाई निःशुल्क तरकारी विउ र कृषि सामाग्री वितरण गरिएको शाखाका प्रा.स सुरोज सिलुवालले जानकारी दिएका छन् ।                                                                            कार्यक्रममा किसानका लागि काउली ,बन्दा ,बोकाउली रायोको साग,मुला, केराउका विउ तथा विरुवा उत्पादनका लागि आवश्यका पर्ने हजारि साथै तरकारी मा रोग लाग्दा स्प्रे गर्नेका लागि स्प्रे वितरण गरिएको थियो । उक्त विउ तथा सामाग्री वितरणका लागि कृषि महाशाखाबाट दुई लाख विनियोजन गरिएको थियो ।