जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिकाकी उपमेयर मन्जु गुरुङलाई कोरोना संक्रमण पुष्टि

जन्मभुमि खबर ,पोखरा । पोखरा महानगरपालिकाकी उपमेयर मन्जु गुरुङलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपमेयर गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएकी हुन् । गुरुङका अनुसार उनी हाल होम आइसोलेसनमा रहेकी छिन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘सबै जनालाई नमस्कार ! विश्वभर महामारीको रुप लिएर फैलिरहेको कोविड १९ बाट म पनि अछुतो रहन सकिन ।’ उनले फेसबुकमा लेखेकी छिन्, ‘त्यसैले यतिखेर म आफ्नै घरमा आइसोलेसनमा छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ । छिट्टै कोरोनालाई परास्त गरेर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोना भाइरससंग लडिरहेछु । धन्यवाद ।’