जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा बसपार्कमा २८ वर्षे युवा मृत भेटिए

जन्मभुमि खबर, पोखराको पृथ्वीचोकस्थित बसपार्कमा एक युवक मृतावस्थामा भेटिएका छन् ।
मृत भेटिएका युवक काँकडभिट्टाको बसबाट पोखरा आएका बाग्लुङका २८ वर्षीय दिवस केसी रहेको प्रहरीले बताएको छ । उनको शव बसपार्कबाट बाहिर निस्कने एक गल्लीमा पाइएको हो । एक अपरिचितको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।उनको मृत्युको कारणबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिएका छन् ।