जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा ९ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि ।

पोखरा ।        गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६७२ (१ मृत्यु समेत) पुगेको छ | क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप  नयाँ ११ जना संक्रमितहरुको पुष्टि भएको हो।
कास्की जिल्ला, पोखरा महानगरपालिका-१३ का ३८ बर्षीय महिला साउदी अरबबाट, पोखरा १७ का र वार्ड नखुलेका २२ र २४ बर्षका २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेेका हुुुन् । अन्य सबै संक्रमित व्यक्तिहरु  क्नटेेक  ट्रेसेङ  बाट पहिचान भएका हुन् ।साथेै
नवलपुर जिल्ला, देवचुली नगरपालिका-१ बस्ने ६४ वर्षीय पुरुष केहि समय देखि कोडनि फेेेेेलियर भई डायोलोसिस भई रहेको र मिति २०७७/०५/१९ गते कोरोना संक्रमण सहित खोकी र श्वासप्रश्वाशमा समस्या भई भरतपुर अस्पताल, चितवनको कोभिड आइ. सी.यु मा भर्ना भएका थिए ।उनलाई मिति २०७७/०५/१७ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो। साथै नियमित Dialysis प्रक्रिया अनुसार भरतपुर अस्पतालमा Dialysis समेत गरिएको थिए। उनको स्वास्थ्य अवस्था थप जटिल हुदैँ गएपछि अस्पतालको को    कोभिड आ.सि.यु मा राखी भेन्टिलेटरसहित उपचारका सबै उपायहरु गर्दा गर्दै हिजो मिति २०७७/०५/२३ गते साँझ ५:३० बजे निमोनियाको संक्रमणको कारणले निधन भएको जानकारी अस्पताल प्रशासनलेे    जानकारी दिएको हो।