जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा ५३ सहित गण्डकी प्रदेशमा ७६ जनामा कोरोना पुष्टि

पोखरा ।                                                                            कास्कीको पोखरा महनगरपालिका मा  ५३ कोरोना संक्रमित थपिएका छन् । यो संगै गण्डकीमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकीमा संक्रमितको संख्या ५ हजार ५७७ पुगेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालनाका अनुसार प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीमा ३० सहित नबलपरासी पूर्वमा ५, स्याङ्जामा २, गोरखाका ९,तनहुँमा ३, लमजुङ १, म्याग्दी र बाग्लुमा २/२जनामा संक्रमण पुष्टि भएको हो स्वास्थ्य  निर्देशनालयल गण्डकि प्रदेेशले  जनाएको छ
पोखराका संक्रमित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनको फिभर क्लिनिकबाट पहिचान भएको जनाइएको छ ।
गोरखाका संक्रमितमा तीन जना नेपाल प्रहरी र १ जना नेपाली सेनामा कार्यरत पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ।