जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा १९ सहित गण्डकी प्रदेशमा ४१ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७२८ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप  नयाँ ४९ जना संक्रमित पुष्टि  भएको छ।
कास्की जिल्ला, पोखरा महानगरपालिका-१५ का २३ बर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्टाफनर्स हुनु भने पोखरा महानगरपालिका-३२ का ५० बर्षीय पुरुष सोहि अस्पतालमा उपचाररत  भएका हुन ।पोखरा महानगरपालिका-१९ का २२ बर्षीय पुरुष पोखरामा र पर्वतका २८ बर्षीय पुरुष कुश्मा, पर्बतमा नेपाल प्रहरीमा कार्यरत छन् । बाग्लुङ जिल्ला, जैमिनीका ५१ बर्षीय महिला पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत छन् भने अन्य सबै विदेशबाट आएर क्वारेन्टाइनमा रहका हुन् ।अन्य सबै संक्रमित व्यक्तिहरु क्नटेेेक   ट्रेसिङबाट  पहिचान भएका गण्डकी प्रदेेेश स्वास्थ्य निर्देेशनालयले जनाएको छ।