जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा १८ जनालाई कोरोना पुष्टि

जन्मभुमि खबर,पोखरा । पोखरामा थप १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ३ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ६ वर्षीय १ जना बालक सहित ३० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

४ नम्बर वडामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १३ वर्षीय १ जना बालिका तथा ४२ वर्षीय १ जना महिला सहित ३० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ८ मा ३३ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर ११ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३५, ४१ तथा ६८ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १४ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३६, ४३, ४५ तथा ४८ वर्षीय ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

१७ नम्बर वडामा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३२ र ३८ वर्षीय २ जना महिला तथा २९ र ५२ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा २५ मा २७ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै तनहुँमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको भीमाद नगरपालिका वडा नम्बर ६ का २९ वर्षीय पुरुष हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमतिको कुल संख्या १५ हजार २ सय ४३ पुगेको छ ।