जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा १३ जनालाई कोरोना संक्रमण पुष्टि

जन्मभुमि खबर ,पोखरा । पोखरामा थप १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखराका १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ३ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २३ वर्षीय १ जना महिला तथा ३२ वर्षीय १ जना पुरुष रहेका छन् ।

वडा नम्बर ७ का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु १ जना महिला तथा ३ जना पुरुष रहेका छन् । सो वडाका ४४ वर्षीय १ जना महिला सहित २०, ४२ र ४३ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ८ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३९ र ५७ वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १५ का १ जना ३० वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १७ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २५ वर्षीय १ जना महिला तथा ३७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

२१ नम्बर वडाका ५१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा २९ का ५२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै मुस्ताङमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ४७ र ७१ वर्षीय २ जना पुरुष हुन् । उनीहरु जिल्लाको कुन स्थानका हुन् भन्ने खुलेको छैन ।

तनहुँमा १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित ७७ वर्षीय १ जना पुरुष हुन् । उनी जिल्लाको कुन स्थानका हुन् भन्ने खुलेको छैन ।

बाग्लुङमा १० जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको बाग्लुङ नगरपालिकाका हुन् । जसमध्ये २४ र २८ वर्षीय तथा ३१ वर्षीय २ जना गरेर ४ जना महिला रहेका छन् । त्यस्तै २३, २५, ४५, ४८, ५८ र ६४ वर्षीय ६ जना पुरुष रहेका छन् । उनीहरु नगरपालिका अन्तरगत कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार ६ सय १५ पुगेको छ ।