जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रकाश पक्राउ

जन्मभुमि खबर पोखरामा नाबालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

फरक क्षमता भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धादिङ त्रिपुरा सुन्दरी -४ घर भई पोखरा – १६ लामाचौर बस्ने २९ वर्षीय प्रकाश नेपाली पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको अवस्थामा डर त्रास र धम्की दिई बलात्कार गरेको भन्ने सूचनाको आधारमा दीपक भनेर चिनिने प्रकाश नेपालीलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

मंसिर १३ गते पक्राउ परेका नेपालीलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।