जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा ११ जना सहित गण्डकी प्रदेशमा १८ जनामा कोरोना पुष्टि ।

पोखरा, ३१ साउन ।                                                       गण्डकी प्रदेशमा थप १८  जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान ७:३० र ११:३० बजे गरेर दिएको जानकारी अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा कास्कीका ११ जना, बाग्लुङ र तनहुँका २-२ जना तथा नवलपरासी पूर्व, गोरखा र स्याङ्जाका दुई जना र तनहुँका एकजना छन् ।                                          योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १७०० पुगेको छ ।