जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा स्टाफनर्स, पोखरा फूड्स प्रा.लिका कर्मचारी सहित ३१ जनामा कोरोना पुष्टि ,गण्डकी प्रदेशमा जना६७

पोखरा ,भदौ२२।                                                                गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५९८ पुगेको छ ।क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ६७ जना संक्रमितहरु पुष्टि भएको छ|
सबै व्यक्तिहरु contact tracing बाट पहिचान भएक हुन। जसमध्ये कास्की जिल्ला, पोखरा महानगरपालिकाको मेडीसिटी अस्पतालमा उपचाररत २ जना छन्। कास्की जिल्ला, पोखरा महानगरपालिका, पृथ्वीचोकमा रहेको पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जना मध्ये २६ र २३ बर्षका २ जना महिला स्वास्थ्यकर्मी (स्टाफनर्स) हुन भने ३६ र २७ बर्षका २ जना महिला सहयोगी कर्मचारी रहेका छन्। त्यसैगरी कास्की जिल्ला, पोखरा महानगरपालिकामा रहेको पोखरा फूड्स प्रा.लि.मा कार्यरत १७ महिला र ८ जना पुरुष रहेका छन्।  नवलपरासी (ब.सु.पू.) जिल्ला, देबचुली-१२ का ४० बर्षीय पुरुष स्वास्थ्यकर्मी हुन ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लगिन लागिएको गण्डकी स्वास्थ्य  निर्देशनालयलेे जनााएको छ।