जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा लागूऔषधसहित ३ युवा पक्राउ

जन्मभुमि खबर। कास्की प्रहरीले पोखराको काँहु भञ्ज्याङबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले पोखर–११ काँहु भञ्ज्याङबाट लागूऔषधसहित पोखरा–१२ माटेपानी निवासी ३२ वर्षीय रमेश गुरुङ, पोखरा–१२ चापापानी निवासी २९ वर्षीय नवराज गुरुङ र पोखरा–११ काहुँ भञ्ज्याङ निवासी २१ वर्षीय मुकेश बिकलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले डाइजापाम ६४ एम्पुल, नुर्फिन ६५ एम्पुल, फेनेरागन ६७ एम्पुल, गाँजा २० ग्राम, मोवाइल २ थान र नगद दुई हजार आठ सय ४० रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई लागूऔषध सम्बन्धी कसूर अन्तरगत जिल्ला अदालत कास्कीमा सात दिन म्यादथप गरी अनुसन्धान अगाडि बढाइएको जानकारी जिल्ला प्रहरी  कार्यालय  कास्कीका  निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण बस्यालले बताउनुभयो ।