जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा मङ्सिर २८ गतेदेखी पार्किङ शुल्क लाग्ने

जन्मभुमि खबर ,पोखरा । करिब २ वर्षदेखी अवरुद्ध रहेको पोखरा महानरगपालिको स:शुल्क पार्किंङ फेरि सुरु हुने भएको छ ।

चाँर पांग्रे अन्तरगत ठूला सवारी साधनलाई प्रतिघण्टा ३० रुपैंया  र हलुका सवारी साधन ट्याक्सीलाई प्रतिघण्टा २० रुपैंयाको दरले पार्किङ शुल्क लिइने भएको छ ।

मझौला सवारी साधनलाई पनि प्रति घण्टा रु ३० रुपैँया शुल्क तोकिएको छ ।

यस्तै दुइ पांग्रे मोटर साइकल र स्कुटरलाई एकदिनको १० रुपैया शुल्क लाग्ने निर्णय महानगरपालिकाले गरेको छ ।

यसअघी पनि यो निर्णय भएको थियो तर कार्यन्वयन नहुँदा ठेकेदार भागेका थिए ।

फेवा सावित्री जे भि विच ३ करोड १६ लाख ७० हजार रुपैँयामा ठेक्का पारेको हो । यसको अवधी २ वर्ष रहनेछ ।

संचालक समितिका अध्यक्ष इन्द्र गुरुङका अनुसार पार्किङ लाई डिजिटलाइज गर्ने गरि पोखरा महानगरपालिकाको स्मार्ट कार्ड प्रयोग गर्न मिल्ने सिस्टम तयार गर्ने तयारी भैरहेको छ ।