जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा भदौ २ देखि ८ गतेसम्म निषेधाज्ञा

 पोखरामा  समुदायमेै कोरोना संक्रमित भेटिन थालेपछि पोखरामा १ हप्ता निषेधाज्ञा लगाउने निर्णय भएको छ । पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको आज बिहान बसेको बैठकले १ हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

साेमबार राति १२ बजेबाट सुरु हुने निषेधाज्ञा भदौ ८ गते रातिसम्म जारी रहने समिति सदस्य शोभामोहन पौडेलले जानकारी दिए । स्थिति मध्यनजर गरेर बन्दाबन्दी थप्ने/नथप्ने भन्ने निर्णय गरिने उनले बताए ।

यो समयमा  नेपालिहरुका घर आगनमा चाडपर्व आउँदै छन् ।  यश  समयमा बढी भीड हुने भएकाले जोखिम झन् बढ्ने निष्कर्षसहित बन्द गर्ने निर्णय गर्‍यौं । बैठकमा भएको निर्णय सिसिएमसीमा सिफारिस गर्छौं,’ सदस्य पौडेलले भने ।

निषेधाज्ञाको अवधिमा खाद्यान्न र औषधि पसलबाहेक अरु सबै पसल बन्द रहने छन् ।

त्यसबाहेक घर बाहिर निस्कन पाइने छैन । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन्