जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा फेरी थपिए ५२ जना कोरोना संक्रमित

गण्डकीमा संक्रमित ११ हजार नाघे

जन्मभुमि खबर । पोखरामा आइतबार दिउसो थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ५२ सहित तनहुँका १ जना  र पर्वतका २ जना र स्याङ्जाका १ जना गरी प्रदेशका ४ जिल्लामा थप ५६ जनामा कोरोना भाइरस देखिएको हो ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार १३ जना रहेका छन । यस अघि आज  बिहान मात्र पोखरामा १९ कोरोना संक्रमित थपिएका थिए ।