जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा फेरि ४६ कोरोना संक्रमित थपिए, आज मध्यान्हसम्म ८२ थप

पोखरा महानगरका ४६ सहित गण्डकी प्रदेशमा शुक्रबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार बिहान दोस्रो चरणमा पोखरा महानगरका ४६ सहित पर्वतका १, स्याङजाका २ र तनहुँका ३ गरी थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार दोस्रो चरणमा संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगर वडा नं १ का १ पुरुष तथा १ महिला, २ का १ पुरुष, ३ की १ महिला, ४ का २ पुरुष, ५ का १ पुरुष, ७ की १ महिला, ८ का ३ पुरुष तथा ४ महिला, ९ का २ पुरुष तथा १ महिला, १० का २ महिला, ११ का १ महिला रहेका छन् ।

त्यसैगरी, पोखरा वडा नं १२ का २ पुरुष, १४ का १ पुरुष तथा १ महिला, १५ का २ पुरुष तथा १ महिला, १६ का २ पुरुष तथा १ महिला, १७ का ५ पुरुष तथा ४ महिला, १८ का १ पुरुष, १९ का १ पुरुष, २२ का १ पुरुष, ३० का १ पुरुष तथा २ महिला, स्याङजा वालिङ ३ का १ पुरुष, वडा नखुलेका १ पुरुष, पर्वत कोदी २ का १ पुरुष, तनहुँ पालिका नखुलेका १ पुरुष तथा १ महिला, भिमाद १० का १ पुरुष रहेका छन् ।