जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा फेरि थपिए ६१ जना सक्रमीत, थप ४ जनाको मृत्यु

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पोखरा महानगरपालिका वडा नं १ का २ पुरुष तथा ३ महिला, २ का १ पुरुष, ३ का ५ पुरुष तथा १ महिला, ४ का १ महिला, ५ का १ महिला, ७ का ३ पुरुष, ८ का ४ पुरुष, ९का ४ पुरुष तथा १ महिला, १० का ३ पुरुष तथा १ महिला, १२ का २ पुरुष, १३ का ३ पुरुष तथा १ महिला, १४ का २ पुरुष तथा १ महिला, १५ का २ पुरुष २ महिला, १६ का २ पुरुष तथा १ महिला, १७ का ४ पुरुष तथा २ महिला, १८ का १ पुरुष, २२ का १ पुरुष २६ का १ पुरुष, २७ का १ पुरुष तथा १ महिला, २९ का १ पुरुष, वडा नखुलेका २ पुरुष तथा २ महिला रहेका छन् भने आज मात्र पोखरामा ४ जना कोरोना संक्रमित को मृत्यु भएको छ । मृत्यु हुनेमा       १) पोखरा महानगर १४ का ६३ वर्षीय पुरुषको २९ गते बिहान उपचार कै क्रममा गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको गण्डकी स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो  ।

२)त्यसै गरि पोखरा कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएकी  पोखरा १५ की ५० वर्षीया महिलाको २८ गते बेलुका ६ :३० बजे पोखराको चरक मेमोरियल हस्पिटल पोखरामा उपचार कै क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ।

३) कार्तिक २७ गते कोरोना संक्रमण पुष्टि भएका  स्याङजा वालिङ १४ का २४ बर्षीय युवकको २७ गते तथा कार्तिक १९  गते कोरोना संक्रमण पुष्टि भएका पोखरा महानगर १४ का ६३ वर्षीय पुरुषको २९ गते बिहान उपचार कै क्रममा गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको गण्डकी स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो