जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा प्रधानमन्त्री ओलीको पुत्ला दहन

जन्मभुमि खबर,पोखरा । जनता समाजवादी पार्टी (जसपा)ले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर देशमा एकतन्त्रीय जस्तो शासन गर्न खाजेको भन्दै जसपा कास्कीले ओलीको विरोध गर्दै पुत्ला जलाएको हो ।
चिप्लेढुंगा मानव अधिकार चोक हुँदै महेन्द्रपुलमा पुगेर जसपाले ओलीको पुत्ला दोहनसँगै कोण सभा गरेको थियो ।