जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा थप ५ जनालाई कोरोना पुष्टि

जन्मभुमि खबर,पोखरा । पोखरामा थप ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ५ मा ६८ वर्षीय १ जना पुरुष, ९ मा ४८ वर्षीय १ जना पुरुष, १० मा १३ वर्षीय १ जना बालक, ११ मा ३२ वर्षीय १ जना पुरुष तथा ३३ मा २९ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका अन्य जिल्लाहरु पर्वतमा १ जना, तनहुँमा ९ जना तथा बाग्लुङमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार २ सय ६० पुगेको छ ।