जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु

जन्मभुमि खबर पोखरा स्वास्थ्य विज्ञान प्रष्तिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत ४ जना र गण्डकी मेडिकल कलेजमा  उपचाररत २ जना संक्रमितको हिजो राति र आज विहान निधन भएको छ । मृत्यु हुने ६ जना पोखरा महानगरपालिकाका हुन् ।

१) वडा न ८ का ५४ वर्षीय पुरुषको बिहान ३:५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

२) पोखरा–९ का ६८ वर्षीय पुरुषको हिजो राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

३) वडा नं १३ का ५५ वर्षीय पुरुषको ४ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

४) पोखरा वडा नं १७ का २९ वर्षीय पुरुषको आज विहान १२ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

५)  वडा नं २१ का ७५ वर्षीय पुरुषको हिजो राति ११ः२० बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिनुभयो ।

६) वडा न २७ का ७१ वर्षीय पुरुषको हिजो राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।