जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा थप ३ जनाको कोरोना संक्रमणबाट निधन

जन्मभुमि खबर,पोखरा । पोखरामा थप ३ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । यहाँका विभिन्न अस्पतालमा उपचाररत ३ जना संक्रमितको निधन भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो ।

१) पोखरा महानगरपालिका वडा नम्बर १७ का ५७ वर्षीय संक्रमित पुरुषको निधन भएको छ । उनको आज बिहान ४ बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । उनलाई कार्तिक २८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

२) पोखरा ११ की ७२ वर्षीया १ जना महिलाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । उनको उपचारका क्रममा शुक्रबार राति पौने ९ बजे फिस्टेल अस्पताल पोखरामा निधन भएको हो । मृतक महिलालाई मंसिर १८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

३) फिस्टेल अस्पताल पोखरामा नै पोखरा महानगरपालिका वडा नम्बर १२ का ८० वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको छ । उनको आज दिउँसो सवा १२ बजे निधन भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार उनलाई मंसिर १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ६६ पुगेको छ ।