जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा थप ३९ जनालाई कोरोना पुष्टि

जन्मभुमि खबर,पोखरा । पोखरामा थप ३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५३ र ७० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

४ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४१ र ५० वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ५ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १३ वर्षीय १ जना बालकलाई  संक्रमण पुष्टि भएको हो ।

पोखरा ७ मा ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका संक्रमितहरु ४ जना महिला तथा ३ जना पुरुष रहेका छन् । संक्रमितहरु १७ वर्षीय १ जना किशोरी तथा ४३, ५२ र ६८ वर्षीय ३ जना महिला रहेका छन् । त्यस्तै ४५, ५९ र ७२ वर्षीय ३ जना पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर ८ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३० र ५१ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ९ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३ महिने बालकलाई संक्रमण पुष्टि भएको हो ।

१० नम्बर वडामा ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १६, २३, २४, २९, ३८ तथा ३९ वर्षीय ६ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ११ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ८३ वर्षीय १ जना महिला तथा ३८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १२ मा ८४ वर्षीय १ जना वृद्धलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १४ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १९ वर्षीय १ जना महिला सहित ३१ र ५१ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

१७ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३१ र ५२ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १९ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

२५ नम्बर वडामा एकैपटक ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु १ जना महिला तथा ७ जना पुरुष रहेका छन् । सो वडामा २८ वर्षीय १ जना महिला तथा ३०, ३३, ३४, ३९ वर्षीय २ जना, ४२ र ५९ वर्षीय ७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै वडा नम्बर २९ मा ३० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

यसअगाडि पोखरामा ३५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा ७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला बाग्लुङमा १ जना, तनहुँमा ५ जना तथा लमजुङमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १३ हजार ५ सय २२ पुगेको छ ।