जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा थप २ जना कोरोना संक्रमितको मृत्यु ।

पोखरा।
गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कास्की जिल्ला, पोखरा महानगरपालिका-१५ का ८१ बर्षीय कोरोना संक्रमित पुरुषको मिति २०७७/०७/१४ गते बिहान होम आईसोलेसनमा रहेकै क्रममा दुखद निधन भएको छ । उनमा मिति २०७७/०७/१२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै स्याङ्जा जिल्ला, वालिङ-५ का ७० बर्षीय पुरुषको मिति २०७७/०७/१४ गते बिहान ८:३५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा दुखद निधन भएको छ । उनमा मिति २०७७/०७/०९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।