जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

जन्मभुमि खबर  पोखरामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आइतबार पोखरा महानगरका विभिन्न वडाहरुमा थप संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

योसँगै आइतबार दिउसोसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ६८५ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ५ का १ महिला र १ पुरुष, वडा नै ६का १ महिला र १ पुरुष, वडा नं ८ का १ महिला, वडा नं १० का २ पुरुष, वडा नं १२ का १ महिला, वडा नं १४ का ३ पुरुष, वडा नं १६ का २ महिला, वडा नं १७ का १ पुरुष र वडा नं ३२ का १ पुरुष रहेका छन् ।

सबै संक्रमितहरुको लाइफ केयर एण्ड डायग्नेस्टिक प्रालि पोखरामा गरिएको परिक्षण मार्फत पहिचान भएको पनि निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनु भएको छ । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको पनि शर्माले बताउनु भएको छ ।