जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा थप १४५ जनामा कोरोना संक्रमण / रुपा गाउँपालिका का थप १ जना कोरोना सक्रमित को मृत्यु

सक्रमीत हुनेहरुमा वडा न १ का २ जना,वडा न २ का ३ जना,वडा न ३ का ३ जना, वडा न ४ का ४ जना, वडा न ५ का १५ जना,वडा न ६ का ८ जना , वडा न ७ का १० जना , वडा न ८ का १४ जना, वडा न ९ का ६ जना, वडा न १० का १५ जना, वडा न ११ का ८ जना, वडा न १२ का ८ जना, वडा न १३ का १ जना, वडा न १४ का ४ जना,वडा न १५ का ७ जना,वडा न १६ का ७ जना, वडा न १७ का १० जना, वडा न १८ का १ जना, वडा न १९ का १ जना,वडा न २३ का १ जना वडा न २५ का २ जना, वडा न २६ का ३ जना,वडा न २७ का ३ जना,वडा न ३२ का ४ जना,वडा न ३३ का २ जना,वडा न नखुलेका ३ जना रहेका छन भने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कास्की रुपा गाउँपालिका ५ का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

कात्तिक २४ गते कोरोना संक्रमण पुष्टिभई उपचाररत उनको बुधबार बिहान ८.३० बजे निधन भएको हो । उनमा निमोनिया र मृगौला रोगबाट पीडित रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११३ पुगेको छ ।