जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा थपिए १३० जना कोरोना संक्रमित / थप ४ जनाको मृत्यु

स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं १ का ३ पुरुष तथा १ महिला, २ का १ पुरुष तथा १ महिला, ३ मा ८ पुरुष तथा ४ महिला, ४ मा १ पुरुष तथा २ महिला, ५ मा ६ पुरुष तथा १ महिला, ६ मा १ पुरुष तथा ५ महिला, ७ का ८ पुरुष तथा ५ महिला, ८ मा १ महिला तथा ४ पुरुष, ९ मा ५ पुरुष तथा ३ महिला, १० मा ३ पुरुष तथा ८ महिला, ११ मा ३ पुरुष तथा १ महिला, १२ मा ३ पुरुष तथा २ महिला, १३ मा १ पुरुष तथा १ महिला, १४ मा २ पुरुष तथा ३ महिला, १५ मा १२ पुरुष तथा ४ महिला, १६ की १ महिला, १७ मा ४ पुरुष तथा १ महिला, १९ मा ४ पुरुष तथा १ महिला, २० मा १ पुरुष, २१ म १ महिला, २५ मा १ पुरुष तथा १ महिला, २६ मा १ महिला, २८ मा २ पुरुष तथा २ महिला, ३० मा १ महिला तथा १ पुरुष, ३१ का २ महिला र वडा नखुलेका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै मृत्यु हुनेमा निर्देशानलयका अनुसार निधन हुनेमा पोखरा महानगरपालिका वडा न १७ का ७४ वर्षीय महिला रहेका छन । उनको २३ गते आइतवार बेलुका ६ :१८ मा गण्डकी मेडिकल कलेजमा निधन भएको हो । उनलाई २३ गतै नै कोरोना पुष्टि भएको थियो ।

गण्डकी मेडिकलमै अर्का सोमवार बिहान पोखरा ११ का ६० बर्षीय पुरुषको निधन भएको छ । १६ गते कोरोना पुष्टि भएका उनको बिहान १० :१३ मा निधन भएको हो ।

यसै गरी फिष्टेल अस्पतालमा अर्का कोरोना संक्रमित पोखरा १० का ८६ बर्षीय पुरुषको निधन भएको छ । १९ गते कोरोना पुष्टि भएका उनकोसोमबार बेलुका ११ :४१ मा निधन भएको हो ।

यसै गरी सोमबार बेलुका नै मणिपाल शिक्षण अस्पतालमा ८२ बर्षीय महिलाको निधन भएको हो । उनको सोमबारबेलुका ६ :५० मा निधन भएको हो भने उनलाई आइतवार २२ गते मात्र कोरोना पुष्टि भएको थियो । यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट निधन हुनेको सङ्ख्या १११ पुगेको छ ।